शिवको ‘मंगली २’ मा सरोज र आश्मा

प्रकाशित मिति: September 19, 2019 5:27 pm

गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ ।

शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्‍टको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......