ब्रेकिङ न्युज

‘माया पिरिम’ को पहिलो पोष्टर सार्वजनिक

प्रकाशित मिति: September 20, 2019 6:05 pm

काठमाडौँ – टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्र ‘माया पिरिम’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

मंसिर २० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रको पोस्टरमा कोशिश क्षेत्री, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ लगायतका कलाकार देखिएका छन् ।

प्रविन थापा र सविन अधिकारीले निर्माण गरेका फिल्मको मोहन मरासैनी र युवराज दाहाल सह निर्माता हुन् । सागर बस्नेत र कोषराज दाहाल फिल्मको कार्यकारी निर्माता हुन् ।

चलचित्रमा सविन अधिकारीको कथा ,निरज कँडेलको छायाकंन, जीवन थापाको सम्पादन, श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रीको संगीत र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा सलोन बस्नेत, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......