‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति: September 20, 2019 6:13 pm

काठमाडौँ – चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा,सबिन बास्तोला लगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् ।

चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । रोहित अधिकारी चलचित्रका निर्माता हुन् ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......