कक्षा ११ को परीक्षाफल सार्वजनिक (रिजल्ट हेर्ने तरिका सहित)

प्रकाशित मिति: September 24, 2019 11:23 am

काठमाडौँ – कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

कसको कति जिपिए ?

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

रिजल्ट हेर्ने तरिका

Type NEB <space> Symbol Number and send SMS to 31003

सम्बन्धित शीर्षकहरु

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ‘धोका’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट......