बिहे गर्न छुट्टी नपाएको भन्दै प्रहरी जवानले रा*जीनामा दिए

प्रकाशित मिति: September 25, 2019 12:08 pm

एजेन्सी – भारतको हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै पदबाट रा*जीनामा दिएका छन् ।

प्रताप नामका प्रहरी जवान बिहेको तयारीमा थिए । तर, उनको हुनेवाला ससुरालीबाट उनको ड्युटी अवधिको बारेमा जानकारी पाएसँगै उनको बिवाह क्यान्सिल भयो ।

बेहुलीका बाबुआमाले बेहुलाको ड्युटी चौबिस घण्टा भएको भन्दै परीवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएपछि प्रहरीको जागिरबाट रा*जीनामा दिए ।

जागिरे अवधिमा साप्ताहिक बिदा समेत नपाएको भन्दै उनले राजीनामा दिएको बताइएको छ । इन्जिनियरिङको अध्ययन गरेका उनले प्रहरी जवान पदमा ५ बर्ष अघि भर्ना भएका थिए ।

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......