बिदेशबाट दसैंमा घर फर्कने नेपालीलाई सास्ती

प्रकाशित मिति: September 27, 2019 11:50 am

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेको छ ।

निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो ।

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......