नेपालीको घरायसी खर्च दसैंमा नगद आठ खर्ब

प्रकाशित मिति: September 29, 2019 8:02 am

काठमाडौँ – सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक तिहाइ सकिन्छ ।

त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो–आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ ।

यसरी हेर्दा यो दसैंमा खर्ब रुपैयाँ प्रबाह हुनेछ । ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।’

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

सम्बन्धित शीर्षकहरु

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ‘धोका’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट......