जब लिन्छन् ब्रेक, त्यहीँ सकिन्‍छ कलाकारको क्रेज

प्रकाशित मिति: September 30, 2019 8:37 am

चलचित्र क्षेत्रमा संघर्ष गरेपछि कलाकारले एउटा स्थान बनाउँछन् । जब उनीहरुको क्रेज उचाईमा हुन्छ त्यो समय धमाधम चलचित्रमा काम गर्छन् । त्यहाँ उनीहरुले फरक काम गर्ने भन्दा पनि धेरै काम गर्ने कुरामा बढि ध्यान दिने गर्छन् । त्यसैले होला, उनीहरु एउटै कामबाट दिक्क हुन्छन् र ब्रेक लिन्छन् ।

जब उनीहरु ब्रेक लिएर ब्याक हुने प्रयास गर्छन्, त्यो समय उनीहरुलाई ‘रिप्लेस’ गर्नको लागि नयाँ पुस्ताका कलाकारहरुको बलियो उपस्थिति भइसकेको हुन्छ । त्यसैले पनि उनीहरुलाई अफर गर्ने निर्माता निर्देशक कमै हुन्छन् । यदि अफर आइहाले पनि उनीहरुले त्यो पहिलाको क्रेज फिर्ता पाउन मुस्किल हुन्छ ।

उदाहरणमा धेरै कलाकारहरु छन्, जो केही समय ब्रेक लिएर चलचित्र क्षेत्रमा फर्किए । जब उनीहरु फर्किए उनीहरुको क्रेज गुमिसकेको थियो । यो उदाहारणमा पर्ने कलाकार हुन्, रमेश उप्रेती ।

चलचित्र क्षेत्रमा रमेश उप्रेतीको राम्रो स्थान थियो । तर, चलचित्र क्षेत्रबाट बाच्न नसक्ने भएपछि उनी विदेशिए । केही वर्षको विदेश बसाईपछि उनलाई नेपाली चलचित्रको माया लाग्यो र नेपाल फर्किए । तर, उनी चलचित्र क्षेत्रमा फर्किए पनि उनले आफ्नो पूरानो क्रेजलाई भने फर्काउन सकेनन् । कमब्याक चलचित्र ‘ब्रास्लेट’बाट असफल भएका रमेश दोस्रो चलचित्र ‘ऐश्वर्य’बाट भने केही राहतको सास फेरे ।

त्यस्तै, आफ्नो भयंकर क्रेज गुमाउनेमा नायक निखिल उप्रेती पनि पर्छन् । नायिका संचिता लुईटेलसँग बिबाह गरेर मुम्बाई भसिएका निखिल ५ वर्ष उतै रमे । जुन समय नेपाली दर्शकले निखिललाई खोजिरहेका थिए । तर, निखिललाई त्यसको मतलब भएन ।

५ वर्षपछि नेपाल आएर निखिलले आफैँ चलचित्र निर्माण तथा निर्देशन गरे, ‘भैरव’ । जुन चलचित्र बक्स अफिसमा केही सफल रह्यो । तर, त्यसपछि निखिल अभिनित आधा दर्जन बढि चलचित्र असफल भएका छन् ।

नायक विराज भट्टको हालत पनि उहीँ हो । नेपाली चलचित्र क्षेत्रमा राज गरिरहदाँ नै उनी भोजपुरी चलचित्रमा लागे । लामो समय भोजपुरी चलचित्रमा काम गरेपछि चलचित्र ‘जय पर्शुराम’बाट नेपाली चलचित्रमा कमब्याक गरे । तर, त्यहीँ चलचित्रले विराजलाई असफल बनाइदियो ।

अहिले नायक दीलिप रायमाझी र नायक रमित ढुंगानाले कमब्याकको तयारी गरिरहेका छन् । केही समयको ब्रेक लिएर चलचित्र क्षेत्रमा फर्किन लागेका यी दुई नायकलाई पनि निकै ठुलो चुनौती छ ।

नायकमात्र हैन्, नायिकामा निरुता सिंह, संचिता लुईटेल, ऋचा घिमिरे लगायत धेरैले कमब्याक चलचित्रबाट असफलता खेपेका छन् ।

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......