६ बर्षे बालिका रबिनाको “दशैं आयो मेरो बाबा”

प्रकाशित मिति: October 2, 2019 5:00 pm

काठमाडौँ – नेपालीहरुको महान पर्ब दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दशैं आयो मेरो बाबा” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । दशैको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी छिन । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन ।

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......