सकियो दरबार रोधी घरको ‘दशैँ तिहार सांगीतिक धमाका’, आउने दर्शकले के भने ?

प्रकाशित मिति: October 3, 2019 3:58 pm

काठमाडौँ – दरबार रोधी घर आयोजनामा “दशैँ तिहार बिशेष सांगीतिक धमाका” सम्पन्न भएको छ ।नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा भएको उक्त कार्यक्रममा देशका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र पहिचान” भन्ने मुल मन्त्रका साथ आयोजना भएको कार्यक्रम असोज १२,१३ र १४ गते (बेलुका ७ बजे देखि बिहान २ बजेसम्म) भएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु दुर्गेश थापा, कुलेन्द्र बि.क, चन्द्र शर्मा, राधिका हमाल, शंंखर बि.सी, पुर्ण कला बि.सी, उमेश राई (फुलुन्देको आमा), कृष्ण कँडेल, प्रकाश कटुवाल, सुमन परियार,मिना तामाङ्ग, कृष्ण रेउले, आश्रम गुरुङ्ग, कुष्ण आँशु, मिरा गिरी, पुर्णिमा लामा, मिना लामा, सुनिल थापा लगायत अन्य थुप्रै कलाकारहरुले निकै नै राम्रो प्रस्तुति दिएका थिए । कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिती सँगै भरपुर मनोरञ्जन गरेका थिए ।

कार्यक्रममा उपस्थित कलाकार तथा दर्शकले दरबार रोधी घरलाई र रोधीमा आउने पाहुनालाई गरेको स्वागत सत्कारलाई निकै प्रशम्सा गरेका थिए । दर्शकले भनेका छन् “यो दोहोरी भनेको पारिवारिक दोहोरी जस्तै हो परिवारका जुनसुकै सदस्यका साथ बसेर रमाइलो गर्न सक्ने ठाउँ हो र यहाँ गर्ने व्यवहार झन् दर्शक श्रोतालाई निकै नै आक्रर्षण गरेका छ ।” दर्शकले भने झै दरबार रोधी घरमा आउने गा्रहकले निकै नै मनोरञ्जन गर्ने बिश्वास रहेको छ ।

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......