धुर्ब बिस्कोको ‘मनका कुरा मनै रैग्या’

प्रकाशित मिति: October 3, 2019 5:38 pm

काठमाडौँ – लोकप्रिय गायक धुर्ब बिस्कोको स्वरमा सजिएको गीत ‘मनका कुरा मनै रैग्या’को भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केशीको शब्द तथा गायक धुर्बकै संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

धुर्ब बिस्कोले नै निर्देशन रहेको गीतको भिडियोमा दिनेश डिसी, पुष्प खड्का, रश्मी भट्ट, सारदा गिरी, रमेश केशी, ईन्द्र दोङ, मनिषा थापा, करिना श्रेष्ठ, बिनोद परियार, मनिषा खड्काको साथमा बालकलाकार सिमोन रिजाल फिचर्ड छन ।

जात भातका कारण प्रेमिल जोडीले समाजमा भोग्न परेको समस्यालाई देखाइएको भिडियोमा चक्र बि बरालको छायान्कन र डिन्सोन शाहको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......