दशैँमा दैनिक साढे २ लाख भन्दा बढी उपत्यका छोडे

प्रकाशित मिति: October 4, 2019 6:59 am

काठमाडौँ – दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए । बिहीबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उनको भनाइ छ । मंगलबार १ लाख ९९ हजार १ सय २९ यात्रु बाहिरिए भने सोमबार १ लाख ५७ हजार बाहिरिएका थिए ।

एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन् । यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन् । प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताए ।

सरकारले दसैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ‘धोका’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट......

मेडिकल कलेज सञ्चालकको ध*म्की, ‘पढाउन सक्दैनौँ’

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज......