महरालाई प्रकाउ नगर्न दबाब

प्रकाशित मिति: October 5, 2019 10:00 am

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मु*द्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल प*क्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजी*नामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई प*क्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। उनलाई अभियुक्तसरहकै व्यवहार प्रहरीले गरिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......