ब्रेकिङ न्युज

चिनियाँ राष्ट्रपति सीको स्वागतमा व्यापक तयारी

प्रकाशित मिति: October 5, 2019 10:06 am

काठमाडौँ – यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ ।

सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ ।

नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।
“चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ ।” उहाँका अनुसार चीनका राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको छ ।गोरखापत्रमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......

बिगमार्टमै कामगर्नेले चो*रे ५ लाखभन्दा बढी नगद र २४ हजार बराबरको रिचार्ज कार्ड

काठमाडौं – काठमाडौं महानगरपालिका – २६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट......