उपाध्यक्षका उम्मेदवार मन केसीको यस्ता छन ऐजेण्डाहरू

प्रकाशित मिति: October 6, 2019 2:06 pm

– राजन घिमिरे
मन केसीको कर्म क्षेत्र अष्ट्रेलिया हो । तर उनले आफ्नो योगदान र दक्षताकै कारण प्रबासमा छरिएर रहनु भएका नेपालीहरू माझ राम्रो र स्थापित पहिचान बनाएका छन । उनि विगत २३ वर्षदेखि अस्ट्रेलियामा छन । अष्ट्रेलियाको नेपाली समुदाय माझ अभियन्ताका रूपमा चिनिएका मन केसीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को (२०१९–२०२१) कार्यकालका लागि आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

बिगततिर जाने हो भने उनि एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता, कुशल व्यवसायी र सहयोगी प्रबासी नेपालको रूपमा चिनिन्छन् । उनि यसअघि एनआरएनए आइसिसीको प्रवक्ता समेत भैसकेका छन भने गैह्र आबासीय नेपाली संघसंगको लामो साथ अग्रजहरूको सल्लाह र साथीभाईहरूको सुझाबलाई मनन गरेर नै आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा बताए ।
‘ मुलुकमा लगानी, सम्मानित वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएनए नागरिकता, आधारभूत योजना तर्जुमा गरी सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर मैले यस पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुं ,एनआरएन अभियानलाई अझ धेरै उचाईमा पुर्याउनु छ । प्रबासमा रहनु हुने नेपाली, नेपाल र नेपालमा रहनु हुने नेपालीहरुको लागि यसलाई साझा संस्था बनाउंनु छ ‘ उनको भनाई छ ।
‘ गैरआवासीय नेपाली संघको अभियानमा शुरुका दिनदेखि नै म संलग्न भएर लागिपरेको छ । आजको दिनसम्म पनि लागिपरेको छु । । म सन २००५ मा अष्ट्रेलियामा यो संस्थालाई संयोजन गर्दाको तदर्थ समितिदेखि लिएर संस्थापक अध्यक्षको काम गरेर त्यसपछि ओसियाना क्षेत्रीय संयोजक भएर पनि काम गरिसके ‘ केसीले भने ।

उनकै पहलमा सन २०१२ मा सिड्नीमा क्षेत्रीय सम्मेलनको आयोजना सम्पन्न भएको थियो । त्यसैगरीसन २०१३–१५ मा गैरआवासीय संघको अन्तर्राष्ट्रिय प्रवक्ता भएर पनि काम गरे मनले । त्यो पनि निकै सफल भएको थियो । त्यसपछि आइसीसी सल्लाहकार अनररी काउन्सिल हुँदै अगाडि बढेका केसीले नेपाली समाजका लागि निकै उल्लेखित कामहरू गरेका छन । उपाध्यक्ष पद नै रोज्नुको कारणबारे केसीले भने ‘यो मेरो मात्र इच्छाले होइन सबैको सल्लाह अनुसार सो पदमा जान लागेको हो । अहिले एनआरएनले पारित गरेको भिजन २०२० मा धेरै अटाउने कुराहरु छन् । सुरक्षित वैदेशिक रोजगार, शिक्षाको गुणस्तरीयता, संस्थालाई संस्थागत गर्ने, दुरगामी भिजन, दोस्रो पुस्तालाई इम्पावर गर्ने विषय, महिलाहरुको सहभागितालाई बढाउने विषय पटक पटक उठ्ने मुद्धा हुन् । ति सबै एजेण्डालाई भिजन २०२० भित्र समेटिएका छन् । त्यो फेरी रातारात आएका होइनन् ।

स्थापनाकालदेखि नै हाम्रा सबै अभियान्ताहरुले गरेको लगानी र मेहेनतबाट एनआरएनलाई नयाँ उचाईमा पुर्याउने काम भएको छ । सबै काम एकजनामा थुपारेपछि काम प्रभावकारी ढंगले हुनुपर्छ तर त्यो हुन नपाउने अबस्था हुन्छ । बेलाबखतमा त्यसले गर्दा त्यसलाई विकेन्द्रिकृत गर्ने र लिडरसिपका विभिन्न लेभलका हाइरार्कीहरुलाई इम्पावर गर्ने मोडल हो, त्यही मोडल अनुसार नै मैले उपाध्यक्षमा लड्ने इच्छा जाहेर गरेको हु‘ कुराकानीको क्रममा एनआरएन टिभी शोसंग मन केसीले अगाडि भने ‘ म एनआरएन अभियानले ल्याएको परिवर्तनबाट एकदम पोजिटिभ छु । २००५ को दोश्रो विश्व सम्मेलनमा मैले केही व्यक्तित्वहरु भेटेको थिए काठमाण्डुमा । म नेपाल नआएको २८ वर्ष भयो म फलानो युनिभर्सिटीको प्रोफेसर छु भन्नुहुन्थ्यो वहाँहरुले । त्यस्ता खाले एकदमै हाइटमा पुगेका, संभावना बोकेका व्यक्तिहरुलाई नेपालले गुमाइरहेको स्थिति थियो । ति व्यक्तित्वहरुलाई एउटा सुत्रमा बाँधेर नेपालमा फर्काउने एउटा फर्मल मेकानिज्म हामीसँग थिएन । यही अभियानले त्यसलाई एउटा मालाको रुपमा गाँस्यो, एउटा पोजिटिभ मुभमेन्टको रुपमा बिकास भयो ‘ केसीले थपे ‘ हामीले सुरुमै राखेका ३–४ वटा एजेण्डाहरु हाम्रो गोलमा थिए । त्यसमा सम्पुर्ण नेपाली डायस्पोरालाई एउटा सुत्रमा जोड्ने जसबाट एउटा फोर्स क्रिएट गर्ने थियो, जुन आज प्रमाणित भइसकेको छ‘ ।
केसीले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई बडादशै, तिहार, नेपाल सम्बत र छड पर्बको अवसरमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभ कामना पनि दिनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......