दशैको बेला घरमा आग*लागी हुँदा बस्तुभाउ लागाएत धनमाल जलेर न*ष्ठ

प्रकाशित मिति: October 6, 2019 9:00 pm

रौतहट – रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आग*लागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ । आग*लागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर न*ष्ट भएका छन् ।

राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो ।आग*लागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्ष*ती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए ।

ईलाका प्रहरी कार्यालय राजपुर बाट सई गुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया वि*प्पन परिवारका रहेकाले एउटै घरमा पशु चौपाया बाँध्नु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।

हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण वि*प्पन रामबिश्वास मुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिन सकेका छन् ।

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......