मनकामना केबलकार ३ दिन बन्द

प्रकाशित मिति: October 8, 2019 7:48 am

गोरखा – प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा सोमबार देखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा आजदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए । असोज २३ गते बिहिबारबाट केबलकार सेवा नियमित सञ्चालनमा आउने पनि उनले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार ९बटम स्टेशन० रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायःसधैँ भीड नै लाग्ने गर्दछ ।

दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......