कै*दीबन्दीलाई कारागारमै टीका र जमरा

प्रकाशित मिति: October 8, 2019 9:38 pm

बनेपा – जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् ।

कै*दीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले बताए ।’

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कै*दीबन्दी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......