चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदै, यस्ता छन् राजकीय भ्रमण तालिका

प्रकाशित मिति: October 9, 2019 11:03 am

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ ।

त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

२३ बर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउने

योसँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।

त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो ।

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

काठमाडौँ – मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म......

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्म*कैद मागदाबी

काठमाडौँ – तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम......