अष्ट्रेलियामा लप्पन छप्पन २ को छायांकन

प्रकाशित मिति: October 9, 2019 4:27 pm

– राजन घिमिरे

पछिल्लो समय प्रबासमा नेपाली सिनेमाको प्रदर्शनले बिस्तारित रूप पाउन थालेको छ । ब्याबसायिक रूपमा पनि नेपाली सिनेमाहरूले आफ्नो बर्चस्व राम्रैसंग कायम गरिरहेको अबस्थामा नेपाली सिनेमाको छायांकन पनि बिदेशमा गरिने प्रचलनले निरन्तरता पाउन थालेको छ ।
यसैबिच यसअघि चलचित्र लप्पन छप्पन बनाएर राम्रै प्रशंसा कमाएका निर्देशक मुकुन्द भट्टले अर्कों चलचित्रको निर्माण कार्य शुरू गरेका छन । यसअघि लप्पन छप्पनको छायांकनको छायांकन यूरोपमा गरेर सिनेमाको उचाई बढाएका मुकुन्दले अब अर्को चलचित्र लप्पन छप्पन २ ( LC -2
छायांकन नेपाल, युरोप र अष्ट्रेलियामा गर्ने भएका छन ।

यतिबेला यो चलचित्रले नेपाली सिनेमाको बजार गरमाएको छ ‘यो चलचित्रको नेपालमा ४० प्रतिशत, यूरोपमा २० र अष्ट्रेलियामा ४० प्रतिशत छायांकन हुने छ । हामी अष्ट्रेलियामा एक्शनका दृश्यहरू खिच्ने छौ’ निर्देशन भट्टले भने। अष्ट्रेलियामा यो चलचित्रको केही दृश्य र ६ वटा फाइटमा दृश्यहरूको छायांकन गरिने छ ।
लप्पन छप्पन – २ को यूनिट अष्ट्रेलियामा २८ दिन बस्ने छ भने यतिबेला यो चलचित्रको छायांकनका लागि कलाकार अनुपबिक्रम शाही अष्ट्रेलिया पुगिसकेका छन र यसै हप्ता दयाहांग राई,सौगात मल्ल र अर्पण थापा पनि अष्ट्रेलिया जाने भएका छन ।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......