चिनियाँ राष्ट्रपति नेपाल आउँदा विमानस्थल ५ घण्टा बन्द, ८७ उडान प्रभावित

प्रकाशित मिति: October 12, 2019 2:20 pm

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा ५ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएका छन् । ‘सी’ आउने दिन आज र जाने दिन भोलि विमानस्थलको उडान तथा अवतरण तालिका प्रभावित हुने भएको हो।

जस अनुसार विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले ‘नोटाम’ जारी गरिएको जानकारी दिएका छन्। शनिबार दिउँसो २ः५५ देखि ५ः५५ बजे विमानस्थल बन्द गरिने भएको छ । आइतबार बिहान पनि ११ः२० देखि १ः५० बजेसम्म अन्तराष्ट्रिय उडान प्रभावित हुनेछ । शनिबार ३३ वटा उडान तालिका परिवर्तन गरिएका छन् । त्यस्तै आइतबार ५४ विमानको उडान प्रभावित हुनेछ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको उपचार अब अमेरिकामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ ।......

विदेशी सुराकीहरु रहेको सूचना पाएपछि प्रधानमन्त्रीले टिम बदले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका......