जापानमा ७० लाख मानिसलाई घर छाड्न उर्दी

प्रकाशित मिति: October 13, 2019 2:09 pm

एजेन्सी – जापानमा आएको आँधीका कारण जनजीवन निकै प्रभावित बनेको छ । ६० वर्षयताकै ठूलो आँधीका कारण कम्तीमा ५ जनाको ज्यान गइसकेको छ । भने ९० बढी घा*इते भएको छ । आँधीपछि वर्षा र पहिरोका कारण जापानको अधिकांश स्थानको जनजीवन प्रभावित बनेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो नि*म्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ । आँधीका कारण २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि प्रभावित पारेको छ ।

शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......