विमानस्थल तोडफोड गर्ने सांसद प*क्राउ

प्रकाशित मिति: October 15, 2019 2:15 pm

काठमाडौं – जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह प*क्राउ गरेका छन् ।

विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट प*क्राउ गरेको हो ।

उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ । सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभ*द्र व्य*वहार गरेका थिए ।

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मु*द्दा दर्ता गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......