ब्रेकिङ न्युज

पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा

प्रकाशित मिति: October 15, 2019 2:48 pm

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

उनले क्यानको निलम्बन फुकुवा भएको खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । पारसले सन् २००९ मा विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......