कमसल खानाले कलिलैमा मोटोपना

प्रकाशित मिति: October 16, 2019 7:32 am

काठमाडौँ – मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो ।

‘विश्वमा बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ ।

नेपालमा ५ देखि १९ वर्ष समेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरुमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालका करिब ३६ हजार बालबालिका मोटोपनाको समस्या छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......