लोकसेवा आयोगमा १ सय सहसचिव र ३ सय उपसचिव विज्ञापन आह्वान

प्रकाशित मिति: October 16, 2019 7:48 am

काठमाडौँ – लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो ।

आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ ।

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ ।

मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो । यससँगै २ वर्षदेखि अवरुद्ध हुँदै आएको प्रक्रियाले निरन्तरता पाउने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......