प्रहरीबाटै प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बला*त्कृत

प्रकाशित मिति: October 17, 2019 8:10 am

नेपालगन्ज – जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बला*त्कृत भएकी छिन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बला*त्कृत भएकी हुन् ।

सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिन अघि ब्यारेकभित्रै बला*त्कार गरेको पी*डितले बताएकी छिन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन् । सई रानाले आफूलाई विभिन्न दबाव दिएर जबरज*स्ती बला*त्कार गरेको पीडितको भनाई छ। प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बला*त्कृत भएपछि पीडितका आफन्तले आ*क्रोश व्यक्त गरेका छन्।

‘प्रहरी बनेर देशको सेवा गर्लिन भनेर पठाएका थियौं, तर तालिम केन्द्र भित्रै प्रहरीबाट हाम्री चेली बलात्कारको शिकार भईन्,’ एक आफन्तले भने ‘भित्र भित्रै दोषीलाई बचाउन हरेक प्रयास गरे, तर पीडितले हिम्मत गर्दा यो कुरा बाहिर आएको हो।’ पीडितका आफन्तले दो*षीमाथी कडा कार*बाही गर्नुपर्ने माग गरेका छन्।

महिला प्रहरी प्रशिक्षार्थीलाई बला*त्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई प*क्राउ गरिसकेको जनाएको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले बला*त्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुस*न्धान सुरु गर्न निर्देशन दिइएको बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......