ब्रेकिङ न्युज

लिङदेन नेकपा भातृ संगठन युवा संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित

प्रकाशित मिति: October 17, 2019 4:31 pm

काठमाडौं – नेपाल चलचित्र युवा मञ्चका सचिव, निर्माता तथा कलाकार डिल्ली कुमार लिङदेन ( डिक्सो ) नेकपा भातृ संगठन युवा संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । उनले ‘काबेली’, ‘क्राइम’, ‘बाटो मुनिको फुल’, ‘अनमोल माया’, ‘क्रान्ति’लगायत एक दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । उनले निर्माण गरेका चलचित्र ‘काबेली’, ‘क्राइम’, ‘अदालत’, ‘अनमोल माया’ आदि हुन् ।

चलचित्रकर्मीसँगै उनी युवा व्यवसायी पनि हुन् । व्यवसाय, चलचित्रकर्मसँगै राजनीतिलाई पनि निरन्तरता दिदै आएका लिङ्देनले आफ्नो जिम्मेवारी पूरा गर्न सधै तत्पर रहेको बताए । ‘परिवर्तन एवम् समाज बिकासका निम्ति चलचित्र क्षेत्रले पनि त्यति नै योगदान पु¥याउदै आएको छ’, उनी भन्छ, ‘जति राजनीति दलहरुले गरेका छन् । विशेष गरि युवाहरुको लागि राज्यले गुणस्तर शिक्षा तथा आकर्षक रोजगार दिलाउनु पर्नेछ ।’ लिङ्देनले चाडै नै दिनेश लिङदेनको निर्देशन कुण्डली नामक चलचित्र निर्माण गर्दैछन् ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......