कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

प्रकाशित मिति: October 18, 2019 11:36 am

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......