पाथिभरा माईले सबैको रक्षा गरुन् : आज कार्तिक ३ गते आइतबारको राशिफल हेर्नुहोस्

प्रकाशित मिति: October 20, 2019 6:22 am

मेष
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन
वैदेशिक कार्य अघी बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

सिंह
आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

तुला
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु
दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कुम्भ
ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

बृष
इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कर्कट
मनमा सङ्का उत्पन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

कन्या
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

बृश्चिक
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मकर
नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन
चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ ।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......