मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

प्रकाशित मिति: October 20, 2019 3:57 pm

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले प्रहरीमा नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’विरु*द्ध कपिराइटको उ*जुरी दिएको हो ।

महानगरीय प्रहरी परिसर टेकुले यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको थियो ।

‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उ*जुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ’, घिमिरेले भने ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उ*जुरी गरेको बताए ।

उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारे*क्टरमा हाम्रो हक लाग्छ ।’

उनले उ*जुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए । ‘हाम्रा क्यारे*क्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपू*र्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको उपचार अब अमेरिकामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ ।......

विदेशी सुराकीहरु रहेको सूचना पाएपछि प्रधानमन्त्रीले टिम बदले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका......