ब्रेकिङ न्युज

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

प्रकाशित मिति: October 20, 2019 5:17 pm

– फाइल फोटो

काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा२ख ५९४५ नं को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा३ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

सम्बन्धित शीर्षकहरु

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......

बर्षालाई सामाजिक सञ्जालमा गाली “लिपुलेक दे ,बर्षा राउत लैजा” (भिडियो सहित)

काठमाडौँ – नेपालले गत वुधबार लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नयाँ नेपाली नक्सा......