ब्रेकिङ न्युज

नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै

प्रकाशित मिति: October 21, 2019 8:13 am

काठमाडौँ – पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।
सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए ।

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......