ब्रेकिङ न्युज

काग तिहारको दिन कसैलाई थाहा नदिकन किन्नुहोस् यी चिज जसले गर्दा सम्पत्तिको कहिल्यै कमि हुने छैन

प्रकाशित मिति: October 23, 2019 5:42 pm

पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो ।

धनियाका दाना– धनियामा लक्ष्मी माताको कृपा रहने मान्यता रहेको छ। यसै कारण धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा कसैलाई थाहा नहुने गरी धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न हुने गर्छिन्।

गरगहना – आभूषण –

यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ। अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना-आभूषण झनै शुभ हुने मान्यता रहेको छ। यसरी खरिद गरेको गरगहना– आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ।

शंख–

शंखलाई हिन्दु धर्ममा छुटै स्थानमा राखिने गरिन्छ। शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ। धनतेरसको दिन कसैलाई पनि थाहा नहुनेगरी घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने गर्छिन्।

झाड़ू

घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ। झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।

नुन –

धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धेरै शुभ मानिन्छ। यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......