ब्रेकिङ न्युज

सुकुटे दु*र्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १७, मृ*त्यु हुनेमा महिला र बालबालिका धेरै

प्रकाशित मिति: November 4, 2019 11:42 am

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दु*र्घटनामा मृ*त्यु हुनेको संख्या १७ पुगेको छ भने ४९ जना घा*इते भएका छन् । मृ*त्यु हुनेमा महिला र बालबालिका धेरै रहेका छन् । बालबालिका ९ जना, महिला ७ जना तथा एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैँजादै गर्दा एकजनाको बाटोमा मृ*त्यु भएको थियो भने अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको हो ।

मृ*त्यु हुने मध्ये दोलखा भिमेश्वर ९ की रञ्जिता केसी, शैलुङ्गेश्वरी गाउँपालिका ३ की ३ महिने शिशु सिसन तामाङ, शैलुङ्गेश्वरी ५ की रत्नकुमारी राउत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ की चमेली श्रेष्ठ र साइरानी श्रेष्ठको पहिचान खुलेको छ । शैलुङ्गे*श्वरी ५ की चेतकुमारी बस्नेत र शैलुङ्गे*श्वरी ४ की सलिना तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृ*त्यु भएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......