सकियो महराको थुनछेक बहस, आदेश आउन बाँकी

प्रकाशित मिति: November 4, 2019 5:04 pm

काठमाडौं – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौ न दु र्ब्यब हार गरेको आ रोपमा प क्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

महरालाई थुनामा पठाएर मु द्दा अघि बढाउने वा थुनामुक्त गर्ने भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार शुरु भएको बहस आज सकिएको हो । बहस सकिए पनि आदेश भने आउन बाँकी छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए । काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरेका थिए ।

ज बरज स्ती क रणी फौजदारी मु द्दा भएकाले सरकार पी डितको पक्षबाट मुद्दा लड्छ । महराका पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले बहस गरेको जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......