शुक्रबार हल्का वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति: November 7, 2019 4:56 pm

काठमाडौं– पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । ‘केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा बदली हुनेछ’, मौसमविद् अर्यालले भने ।
शनिबार देशकोे पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २४ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित शीर्षकहरु

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ – नवनियुक्त मन्त्रीहरू तथा राज्यमन्त्रीहरुलेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान......

अब टुटुल र पठाओले यात्रु बोके कारबाही हुने

काठमाडौँ – यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा......