आजबाट हलमा ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’

प्रकाशित मिति: November 8, 2019 7:01 am

काठमाडौँ – आज शुकबार हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ र निश्चल र स्वस्तिमाको अभिनय रहको चलचित्र ‘घामड शेरे’ प्रदर्शनमा आएका छन ।
चलचित्र ‘जीवन काँडा कि फूल’मा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ।

विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथारसंवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ। उनी यो चलचित्रको सह निर्माता समेत हुन् ।
घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ ।

त्यस्तै हेमराज बिसीले निर्देशन रहेको चलचित्र घामड शेरेमा निश्चल र स्वस्तिमाको अलवा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी रहेको छ । फिल्मलाई आशातित रुपमा हेरिएको छ ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......