ब्रेकिङ न्युज

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

प्रकाशित मिति: November 8, 2019 8:11 am

काठमाडौँ – भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् ।

पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका विषयमा सोधेको प्रश्नको जफामा प्रवक्त रविश कुमारले सो नक्सामा भारतको सार्वभौम भूभाग मात्र समावेश गरिएको स्पष्ट पारे ।

उनले नेपाल भारत सीमासम्बन्ध काम गर्न एक संयन्त्र रहेको र त्यसले काम गरीरहेको बताए । उनले भारत र नेपालले सीमासम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिने स्पष्ट गरे । साथै सीमा सम्बन्धी विषयलाई कुनै ‘भेस्टेड इन्ट्रेस्ट’ बाट उठाइएको हुन सक्ने तर्फ सचेत रहनु पर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......