ब्रेकिङ न्युज

भारतमै प्याजको मूल्य प्रतिकेजी १५० पुग्यो

प्रकाशित मिति: November 8, 2019 8:27 am

एजेन्सी – भारतमा प्याजको आयात कम हुनाले प्याजको मूल्य प्रतिकिलो १ सय ४८ रुपैयाँ पुगेको छ । उपभोक्ता मामिला मन्त्रालयका अनुसार सरकार अन्य देशबाट प्याज आयात बढाउने तयारीमा रहेको छ । जसले गर्दा मूल्य ओरालो लागोस् । मन्त्रालयका अनुसार प्याजको आयात बढाउने फैसला गरिएको छ ।

आयातका लागि भारतले अफगानिस्तान, मिश्र, टर्की तथा इरान लगायतका मुलुकलाई रोजेको छ । छिट्टै ८० बाट १ सय कन्टेन प्याज भारत आइपुग्ने अपेक्षा मन्त्रालयको छ ।

बेमौसमी वर्षा तथा भित्रिने प्याजको परिमाण कम हुनाले फेरि एकपटक प्याजको मूल्यले आकाश छोएको हो । केही दिन अघिसम्म प्याज ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको थियो। हाल १ सय ४८ रुपैयाँ पुगेको छ ।

गत सोमबार मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी थियो । आगामी समयमा प्याजको मूल्यमा थप वृद्धि हुने अनुमान रहेको छ । किसानका अनुसार बजारमा प्याजको कमीका कारण मूल्यमा वृद्धि भएको हो । आगामी १०–१५ दिनसम्म राहत मिल्ने देखिँदैन । यसको प्रभाव नेपाली बजारमा पनि पर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......