रुपक र मनिषाको ‘करेन्ट लाग्छ’ सार्वजनिक

प्रकाशित मिति: November 8, 2019 3:13 pm

काठमाडौँ – गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको आवाजमा रहेको गीत ‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक भएको छ । आईटम गीत स्टाईलको यस गीतमा निश्चल कल्पनाको शब्द तथा के.बि. भण्डारीको संगीत रहेको छ ।

गीतले बैंशालु युवतीको कम्मर छुँदा करेन्ट लाग्ने भाव प्रस्तुत गरेको छ । प्रायस् चलचित्रमा राखिने आईटम गीत जस्तै लाग्ने यस गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए ।

यस गीतको भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने प्रकाश एसके ले संपादन गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......