उपत्यकामा सवारी साधनको बाटो निर्धारण हुन सकेन

प्रकाशित मिति: November 8, 2019 8:10 pm

काठमाडौं – काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् ।

डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात व्यवस्था विभागले मार्ग निर्धारणका लागि अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन सकेको छैन । मार्ग निर्धारण नभएर व्यवसायीले चाहेको स्थानमा सवारी साधन चलाउँदा बढी नाफा हुने ठाउँमा मात्रै व्यवसायी जाने गर्दा समस्या भएकोे विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

पहिले यातायातको व्यवस्थापन नेपाल सरकारले मात्रै गर्ने भए पनि अहिले प्रदेश सरकार र स्थानीय तहको पनि कार्यक्षेत्रमा पर्ने उनको भनाइ छ । उनले भने, ‘तीनै तहका सरकारले आपसी छलफल र समन्वयमा रुट निर्धारण गर्न सकिन्छ ।’ उपत्यकाको सवारी साधनको व्यवस्थापनकै लागि सरकारले गत वर्ष राष्ट्रिय यातायात प्राधिकरणको गठन गर्ने निर्णय गरे पनि गठन हुनसकेको छैन ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......