‘माया पिरिम’को प्रर्दशन मितीसँगै गीतको टिजर सार्वजनिक

प्रकाशित मिति: November 9, 2019 3:46 pm

नेपाली चलचित्र ‘माया पिरिम’ ले रिलिज मितिसंगै गीतको टिजर सार्वजनिक गरेको छ । ओ एस आर डिजिटलबाट ‘फोटो खिचेर’ बोलको गीतको टिजर सार्वजनिक भएको छ । प्रर्दशन मा तय गरेको चलचित्रको गीतको टिजर हेर्दा
मंसिर २०मा आउने यस चलचित्रको गीतको टिजरमा सलोन बस्नेत, अन्जली अधिकारी, कोशिश क्षेत्री, कालु राना, जयनन्द लामा लगायतलाइ देख्न सकिन्छ । उत्त ‘फोटो खिचेर’ गीतमा लेखु सहयात्रीको शब्द, कोशिश क्षेत्रीको संगीत तथा लेखु सहयात्री र बिन्दु परियारको गायन रहेको छ ।

यस गीतमा शिशिर खातीको कोरियोग्राफरमा निरोज कडेलको छायांकन रहेको छ । चलचित्रका निर्देशक टेक पौरखी राइ भन्छन् गीत मात्र हैन समग्र माया पिरिम चलचित्र नै राम्रो र सबैलाइ पूर्ण मनोरन्जन दिने बनेको छ । सबिन अधिकारी र प्रबिन थापा निर्माता रहेको चलचित्रको कथा सबिन अधिकारीको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......