ब्रेकिङ न्युज

ईश्वर थापाको “तिम्रो मेरो संवन्ध”

प्रकाशित मिति: November 9, 2019 3:58 pm

काठमाडौं – क्यानडावाट नयाँ नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। “तिम्रो मेरो संवन्ध” बोलको गीतमा बहुप्रतिभाशाली अभिनेता ईश्वर थापाको निर्देशन रहेको छ ।

ईश्वर थापाकै छायाँकन तथा सम्पादन रहेको यस गीतको भिडियोमा क्यानडामा नै रहेकी अत्यन्त व्यस्त अभिनेत्री टिफिनी ब्लमले अभिनय गरेकी छन्। उनलाई अभिनेता उद्धब मौसमले साथ दिएका छन्। नरेश मैनालीको शव्द, रचना तथा संगीत रहेको यस गीतको म्युजिक एरेञ्ज कमल राईले गरेका हुन्।

मेकअप आर रिज्जुको रहेको छ भने, सहायक निर्देशन रमेश रिजालले गरेका छन्। क्यानडाका मनमोहक पार्क–बगैचा देखि रेल स्टेशन तथा चलिरहेको रेलमा समेत छायाँकन गरिएको छ। ड्रिम्स गेट इन्टरटेन्टमेन्टवाट तिम्रो मेरो संवन्धको म्युजिक भिडियो विश्वव्यापी रिलिज गरिएको छ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......