फेला परेको मोटरसाईकल सम्बन्धित धनिलाई प्रहरीले बुझायो

प्रकाशित मिति: November 9, 2019 4:08 pm

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कमलपोखरीले चेकजाँच अवस्थामा फेला परेको मोटरसाईकलका धनीको पहिचान गरि जिम्मा लगाएको छ । वृत्तले गत आश्विन २१ गते चावाहिल स्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा मोटर साईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको हो ।

त्यसैगरि, कार्तिक ०३ गते राती अन्दाजी २१ः३० बजेको समयमा काजिकामनपा ०५ हाडिगाँउ स्थित रमाईलो चोकमा शंकास्पद रुपमा फेला परेको बा ९१ प १५७१ नं को मोटर साइकल पनि वृत्तले सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले शनिवार मोटरसाइकल धनि रोशन कुमार शाहलाई हस्तान्तरण गरे । शाहले आफ्नो हराएको मोटरसाईकल प्रहरीले फेला पारी फोन सम्पर्क गरी बोलाएर दिएकामा खुशी ब्यक्त गरे ।

सवारी साधन नियमित चेकजाँचको क्रममा अनुसन्धान गर्दै जाँदा उक्त बाईक चोरीको भएको पत्ता लागेको थियो । चोरीमा संलग्न व्यक्तिहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको वृत्त प्रमुख बिकले बताए ।

सम्बन्धित शीर्षकहरु

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......