ब्रेकिङ न्युज

फेरि पनि नेपालको लज्जासपद हार

प्रकाशित मिति: November 9, 2019 4:19 pm

काठमाडौँ – नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो ।

एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए ।

सन्दीप जोराले १६ र कुशल भुर्तेलले १४ रन बनाए । भिम सार्कीले १३ । कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए । एमसीसीका एड योङले तीन विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले दुई दुई विकेट लिएका थिए ।

नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......