११ सयले बढ्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?

प्रकाशित मिति: November 10, 2019 2:29 pm

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ११ सय रुपैयाँ वृद्धि भएको छ । शुक्रबार प्रतितोला ६९ हजार नौ सय रुपैयाँ रहेको सुन तोलामा ११ सय वृद्धि भएको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ८३५ रुपैयाँ रहेको चाँदी आज तोलामा पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको हो।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......