डा. केसीको समर्थनमा सवारी साधन सञ्चालनमा रोक

प्रकाशित मिति: November 10, 2019 3:10 pm

डडेल्धुरा – डडेल्धुरामा आइतबार प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउँसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा।केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

हात्तीको आ*क्रमणबाट २ जनाको ज्यान गयो

मंसिर २५, कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तीको आ*क्रमणबाट २ जनाको मृ*त्यु भएको छ । बुधबार बिहान घाँसदाउरामा......

महिलालाई जबरज*स्ती गर्ने वडाध्यक्ष प*क्राउ

सप्तरी – सप्तरीमा एक महिलामाथि जबरज*स्ती कर*णी प्रयास गरेको आरोपमा प्रहरीले बुधबार सप्तरीको शम्भुनाथ......