काठमाडौँ – चलचित्र च च हुई को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । चलचित्र युनिटले चलचित्रका मुख्य क्यारेक्टरहरुलाई प्रस्ट्याउनको लागि उक्त पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङलाई फिर्चड गरिएको छ ।
चलचित्रमा आर्यन सिग्देल , भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । चलचित्र अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदैछन् ।
चलचित्रलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । श्री श्रेष्ठको द्वन्द रहेको फिल्ममा सुशन प्रजापतिको छायाँकन र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत रहेको छ । चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । चलचित्र मंसिर ६ गते बाट रिलिज हुँदै छ ।