भारतकी चर्चित गायिका लता मंगेशकर आइसीयूमा भर्ना

प्रकाशित मिति: November 13, 2019 9:07 am

एजेन्सी – भारतकी चर्चित ९० वर्षीया गायिका लता मंगेशकर आइसीयूमा भर्ना छिन् । सोमबार दिउँसो सास फेर्न समस्या भएपछि उनलाई मुम्बइृको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । लताकी भतिजी रचनाले एक भारतीय संचार माध्यमको कुराकानीमा उनको स्थिती चिन्ताजनक भएको बताइन् । उनीमाथि औषधीले निकै ढिलो गरी काम गरिरहेको तर डाक्टरको उपचारबाट आफूहरु सन्तुष्ट भएको उनले बताएकी छिन् ।

सोमबार लता मंगेशकरकी बहिनी आशा भोसले पनि अस्पताल पुगेकी थिइन् । बलिउड सेलिब्रिटी पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । लताले सेप्टेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाएकी थिइन् । हिन्दी फिल्म जगतमा २५ हजार बढी गीत गाइसकेकी लताले नेपालीमा पनि थुप्रै गीत गाएकी छिन् ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......